सम्झि बसेँ तिमीलाई आफ्नो भनेर
पर्खि बसेँ तिमी आउँछौं भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर
आफ्नो भनेर
तिम्रो यादमा तड्पी बसेँ
लामो व्यथा जीवनभर बोकेँ
तिम्रो यादमा तड्पी बसेँ
लामो व्यथा जीवनभर बोकेँ
मेरो एउटा भुल सम्झेँ
व्यर्थै तिमीलाई किन किन रोजेँ
मेरो एउटा भुल सम्झेँ
व्यर्थै तिमीलाई किन किन रोजेँ
सम्झि बसेँ तिमीलाई आफ्नो भनेर
पर्खि बसेँ तिमी आउँछौ भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर
आफ्नो भनेर
तिम्रै निम्ति सबलाई त्यागेँ
धेरै के भनुँ घरै पनि बिर्सेँ
तिम्रै निम्ति सबलाई त्यागेँ
धेरै के भनुँ घरै पनि बिर्सेँ
निष्ठुरी नै बन्यौ तिमी
व्यर्थै तिमीलाई किन किन पर्खेँ
निष्ठुरी नै बन्यौ तिमी
व्यर्थै तिमीलाई किन किन पर्खेँ
सम्झि बसेँ तिमीलाई आफ्नो भनेर
पर्खि बसेँ तिमी आउँछौ भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर
आफ्नो भनेर
शब्दः योगेन्द्र मल्ल
संगीत/स्वरः दीप श्रेष्ठ