सम्झेर मात्र के गर्नु मैले?
सम्झेर मात्र के गर्नु मैले?
तिमीले सम्झिनौ, तिमीले देखिनौ
रोएर मात्र के गर्नु मैले?
तिमीले सम्झिनौ, तिमीले देखिनौ
सम्झेर मात्र के गर्नु मैले?
लाएको माया बिर्सन गाह्रो मन यो पोल्दछ
लाएको माया बिर्सन गाह्रो मन यो पोल्दछ
उर्लेको भेल सहन गाह्रो मुटु यो जल्दछ
सम्झेर मात्र के गर्नु मैले?
जीवनमा मैले हाँसो रोज्दा आँशु पो झरेछ
जीवनमा मैले हाँसो रोज्दा आँशु पो झरेछ
यादमा तिम्रो कल्पना गर्दा व्यथा पो बढेछ
सम्झेर मात्र के गर्नु मैले?
तिमीले सम्झिनौ, तिमीले देखिनौ
रोएर मात्र के गर्नु मैले?
तिमीले सम्झिनौ, तिमीले देखिनौ
सम्झेर मात्र के गर्नु मैले?
शब्दः
संगीतः
स्वरः