सम्झनाको धारले………..

सम्झनाको धारले कल्पनाको छातीमा
पार्यो छिया मायाले सपनी जूनीमा
जूनीमा, सपनी जूनीमा
सम्झनाको धारले कल्पनाको छातीमा
पार्यो छिया मायाले सपनी जूनीमा
जूनीमा, सपनी जूनीमा

पूर्णिमाको रातमा गर्मीको याममा
बादलुले पोखेको सिमसिमे पानीमा
त्यो नीलो नभमा बादलुको आडमा
चन्द्रमाको चाँदनी पर्वत मालामा
पार्यो छिया मायाले सपनी जूनीमा
जूनीमा, सपनी जूनीमा
सम्झनाको धारले कल्पनाको छातीमा
पार्यो छिया मायाले सपनी जूनीमा
जूनीमा, सपनी जूनीमा

मादलुको तालम् बाँसुरीको सुरमा
सुस्केरामा गीत भरी रमाइलो रातमा
बारीको आलीमा सुनसान रातमा
बोल्छ चरी छेऊको ऐँसेलु घारीमा
पार्यो छिया मायाले सपनी जूनीमा
जूनीमा, सपनी जूनीमा
चिसो चिसो बतासमा खोलाको तीरमा
नाची नाची घुम्छ को हो आँखाको नानीमा
नानीमा, आँखाको नानीमा

शब्दः म. बि. बि. शाह
सङ्गीत: बच्चु कैलाश
स्वरः बच्चु कैलाश र पुष्प नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!