सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि होइन जोवनको फूल
यसलाई राख, साँची साँची राख
चाहे झरोस् बिरानीमा, निसानी भई फूल
सम्हालेर राख
तारा टिप्ने माया छैन, जून झार्ने प्रीति छैन
तारा टिप्ने माया छैन, जून झार्ने प्रीति छैन
छोटो जीवन धेरै बात गर्ने यहाँ फुर्सद छैन
यसलाई बुझ, मनमै गुनी राख
घरी घरी हुने होइन मायालुको भुल
सम्हालेर राख
हावा त्यसै छिर्ने छैन, तुफान त्यस्तै घिर्ने छैन
हावा त्यसै छिर्ने छैन, तुफान त्यस्तै घिर्ने छैन
सपनाको जस्तो प्रीति गुथ्ने यहाँ रात छैन
यसलाई राख, नखसाई राख
घरी घरी हुने होइन यस्तो मीठो भूल
सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि होइन जोवनको फूल
यसलाई राख, साँची साँची राख
चाहे झरोस् बिरानीमा निसानी भई फूल
सम्हालेर राख
शब्द/संगीतः अम्बर गुरूङ
स्वरः शान्ति ठटाल