समर जित्न सरल होला……..

समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
साह्रै राम्री मान्छेको मन
साह्रै राम्री मान्छेको मन
साह्रै राम्री मान्छेको मन ढुङ्गा भन्दा साह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो

कैची मात्र ठानेको त मुटु चिर्ने आरो
कैची मात्र ठानेको त मुटु चिर्ने आरो
शीतको थोपा भनेको त
शीतको थोपा
शीतको थोपा भनेको त चिप्लि जाने पारो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो

सा ग म ध ध नि सा रे सा
सा ग म ध ध नि सा रे सा
सा ग म ध ध नि सा रे सा

फकाएछु भनेको त हाल्या रैछ चारो
हाल्या रैछ चारो
फकाएछु भनेको त हाल्या रैछ चारो
उनी उडिन् कता कता
कता कता, कता कता
उनी उडिन् कता कता आँखाभरि छारो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो

दिलको ढोका खुल्ला ठानेँ रैछ अग्लो गारो
दिलको ढोका खुल्ला ठानेँ रैछ अग्लो गारो
मायाको मुल खोज्दा भेटेँ
मायाको मुल खोज्दा भेटेँ
मायाको मुल खोज्दा भेटेँ तुरुतुरे धारो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो

नजरको तिरै लाग्यो म बिचारा तारो, तारो
नजरको तिरै लाग्यो म बिचारा तारो
मह खान गाको भेटेँ
मह खान गाको भेटेँ अरिङ्गालको घारो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
साह्रै राम्री मान्छेको मन
साह्रै राम्री मान्छेको मन
साह्रै राम्री मान्छेको मन ढुङ्गा भन्दा साह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो
समर जित्न सरल होला उनलाई जित्न गाह्रो

शब्दः यादव खरेल
संगीतः मनराज नकर्मी
स्वरः आनन्द कार्की

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!