सधै साँझ पर्छ, सम्मा रात पर्छ
शून्य शून्यतामा एकान्त भई जल्छ
सधै साँझ पर्छ, सम्मा रात पर्छ
शून्य शून्यतामा एकान्त भई जल्छ
सधै साँझ पर्छ….
तिमी सत्य सधै नै मेरो आँखा छुन्थ्यो
सानो झ्याल परेलीको उज्यालो मै हुन्थ्यो
तर आज व्यर्थै त्यो चिता सजायौ
सबै वाचाहरूको आगो लगायौ
सधै साँझ पर्छ…..
म पत्थर हुँ व्यर्थै कहाँ मर्न सक्छु
सधै ठोक्कर खाई भर जन्म म जिउँछु
बरू सक्छौ भने आऊ चोट लगाऊ
सबै घाउहरूको डाह नै जगाऊ
सधै साँझ पर्छ, सम्मा रात पर्छ
शून्य शून्यतामा एकान्त भई जल्छ
सधै साँझ पर्छ
शब्दः मुकुन्द राज शर्मा
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा