सधै नै म हाँसेँ तिमीलाई रुवाइ
आज सारा खुशी म दिन तयार छु
तिम्रा पीरहरू ती केही मेटिएला
जुनीभरको लागि म लिन तयार छु
सधै नै म हाँसेँ तिमीलाई रुवाइ
आज सारा खुशी म दिन तयार छु
कहाँ मेरो भाग्य तिमीलाई पाउने
कहाँ मेरो भाग्य तिमीलाई पाउने
तर बाँचुन्जेल यहाँ घात गर्ने छैन
तिमी हाँसिदेऊ यो आँट नै लिएर
कुनै दिन म तिम्रो साथ छोड्ने छैन
सधै नै म हाँसेँ तिमीलाई रुवाई
आज सारा खुशी म दिन तयार छु
कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने
कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने
तर मृत्युसम्म गलहत्त्याउने छैन
तिमी बाँचिदेऊ तिमी नै भएर
अरू धेर मलाई केही चाहिँदैन
सधै नै म हाँसेँ तिमीलाई रुवाई
आज सारा खुशी म दिन तयार छु
तिम्रा पीरहरू ती केही मेटिएला
जुनीभरको लागि म लिन तयार छु
सधै नै म हाँसेँ तिमीलाई रुवाइ
आज सारा खुशी म दिन तयार छु
शब्द/संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल