साचेका ती बैँसालु चाहना
शीतसँगै बिलाइ गए
आँशु बहाइ के म पाउँ
आँशु बहाइ के म पाउँ
आशा सबै ओइलाइ गए
आशा सबै ओइलाइ गए
साचेका ती बैँसालु चाहना
शीतसँगै बिलाइ गए
पत्थरको मूर्ति रहेछ तिम्रो मनको मन्दिरभित्र
पत्थरको मूर्ति रहेछ तिम्रो मनको मन्दिरभित्र
पागलपनको यो खेल रहेछ जिन्दगीको पर्दाभित्र
जिन्दगीको पर्दाभित्र
साचेका ती बैँसालु चाहना
शीतसँगै बिलाइ गए
जून डुबेको रात रहेछ मेरो जीवनको आकाशभित्र
जून डुबेको रात रहेछ मेरो जीवनको आकाशभित्र
कति अनौठो संगम रहेछ नाटकीय यो रङ्गभित्र
नाटकीय यो रङ्गभित्र
साचेका ती बैँसालु चाहना
शीतसँगै बिलाइ गए
आँशु बहाइ के म पाउँ
आँशु बहाइ के म पाउँ
आशा सबै ओइलाइ गए
आशा सबै ओइलाइ गए
साचेका ती बैँसालु चाहना
शीतसँगै बिलाइ गए
शब्दः हच. पि. गौतम
संगीतः प्रदिप सागर
स्वरः सुनिल उप्रेती