सबैले भन्थे मायालु फूल भई आँखमा फुल्छु
कर्मैले हजुर आँशुमा म फुलेँ
कर्मैले हजुर आँशुमा म फुलेँ
म आफै भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ
कुन मनले हजुर गीतमा म भुलेँ
सुन्दछु मेरो यही धर्तीभित्र आफ्नै छ रागत
पाउँदिनँ तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ
कुन दिनले हजुर उड्न नै म भुलेँ
न घर मेरो, न वन मेरो, यै मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
कुन दिनले हजुर खोलामै म सुकेँ
कुन दिनले हजुर खोलामै म सुकेँ
शब्द/संगीतः अम्बर गुरूङ
स्वरः अरूणा लामा