सब निदाए प्रभु, छैन कोही साथमा
एक्लो प्राण यो चाँदनी रातमा
सब निदाए प्रभु, छैन कोही साथमा
एक्लो प्राण यो चाँदनी रातमा
सब निदाए प्रभु, छैन कोही साथमा
एक्लो प्राण यो चाँदनी रातमा
बन्धु घरमा छदै, मन वियोगी रह्यो
जिन्दगी दुःखकै भुक्तभोगी भयो
बन्धु घरमा छदै, मन वियोगी रह्यो
जिन्दगी दुःखकै भुक्तभोगी भयो
शिर झुकेको झुकै, मन दुखेको दुखै
शिर झुकेको झुकै, मन दुखेको दुखै
हिँड्नु मैले पर्यो चाँदनी रातमा
सब निदाए प्रभु, छैन कोहि साथमा
एक्लो प्राण यो चादनी रातमा
आयु घट्दै गयो, दुःख बढ्दै रहे
आश उठ्दै रह्यो, चाह सड्दै रहे
आयु घट्दै गयो, दुःख बढ्दै रहे
आश उठ्दै रह्यो, चाह सड्दै रहे
अब त यो जिन्दगी शान्ति खोज्ने भयो
अब त यो जिन्दगी शान्ति खोज्ने भयो
निद टुट्दै रह्यो चाँदनी रातमा
सब निदाए प्रभु, छैन कोही साथमा
एक्लो प्राण यो चाँदनी रातमा
सब निदाए प्रभु
शब्दः कञ्चन पुडासैनी
संगीत/स्वरः भक्तराज आचार्य