रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
व्यस्त रह्यो आजीवन हात रह्यो खाली
छैन कतै बास बस्ने प्रकृतिको डाली
व्यस्त रह्यो आजीवन हात रह्यो खाली
छैन कतै बास बस्ने प्रकृतिको डाली
नेपालको टाकुरामा घाम उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन
अझै हाम्रो पर्वतमा भाले कराएन
रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
वनवनै सुसेलीमा रुन कति पर्ला
नेपालीले कहिलेसम्म दास हुनु पर्ला
वनवनै सुसेलीमा रुन कति पर्ला
नेपालीले कहिलेसम्म दास हुनु पर्ला
कहिले होला विज्ञानले नौलो खोल हाल्ने
मानवता फैलाउने दानवता ढाल्ने
मानवता फैलाउने दानवता ढाल्ने
रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
नौलो नयाँ समाजको संकेत बारम्बार
सभ्यताको जग राख्ने कवि कलाकार
नौलो नयाँ समाजको संकेत बारम्बार
सभ्यताको जग राख्ने कवि कलाकार
मानवता छट्पटायो व्यथा के हो बोल
समाजको थोत्रिएको मिल्काइ देऊ खोल
समाजको थोत्रिएको मिल्काइ देऊ खोल
रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा
शब्दः गोकुल जशी
संगीत/स्वरः रामेश