रिमरिमे प्यार
हिमाली हावा
ब्युँझाई मलाई
एक एउटा धुन सुनाउन
उदास मेरो आँखालाई हँसाउन
रिमरिमे प्यार
हिमाली हावा
ब्युँझाई मलाई
एक एउटा धुन सुनाउन
उदास मेरो आँखालाई हँसाउन
रिमरिमे प्यार
सीमाना काटी गएका साथी कुनै दिन आउँछ
सीमाना काटी गएका साथी कुनै दिन आउँछ
मनको भन्दा विश्वास मेरो दरिलो गाउँछ
सुनसान रात
एकान्त बेला
सम्झाई मलाई
एक एउटा गीत सुनाउँछ
सुन्नेलाई पनि आँशु नै बनाउँछ
रिमरिमे प्यार
घाम र छायाँ, हाँसो र आँशु जीवनको साथैमा
हाँसेरै कैले, रोएरै कैले बसे है म छेऊमा
पहाडी गाउँ
वैशाख बेला
सम्झाई मन
एक एउटा बोली सुनाउँछ
उजाड मेरो धर्ती नै हँसाउँछ
रिमरिमे प्यार
शब्दः
संगीतः
स्वरः