रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी

कुकुरलाई कुती कुती, बिरालोलाई सुरी
कुकुरलाई कुती कुती, बिरालोलाई सुरी
तिम्रो हाम्रो माया प्रीति दोबाटोमा कुरी
तिम्रो हाम्रो माया प्रीति दोबाटोमा कुरी
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको

मृगलाई मैले ताकेको होइन मायालाई डाकेको
मृगलाई मैले ताकेको होइन मायालाई डाकेको
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
आकाशमा जहाज सडकमा मोटर नभए गाडा छ
आकाशमा जहाज सडकमा मोटर नभए गाडा छ
यो मन जस्तो त्यो मन भए ताल कति टाढा छ
यो मन जस्तो त्यो मन भए ताल कति टाढा छ
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
सानोमा सानो गाईको बाछो भिरैमा राम राम
सानोमा सानो गाईको बाछो भिरैमा राम राम
छोडेर जान सकिनँ मैले, बरु माया सँगै जाऊँ
छोडेर जान सकिनँ मैले, बरु माया सँगै जाऊँ
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ्ग रेशम फिरिरी
शब्द/संगीतः बुद्धि परियार
स्वरः द्वारिकालाल जोशी र सुन्दर श्रेष्ठ