रातो रगतलाई कालो बनाउने
कसको हो यो अपराध
प्रातको आशा आकाश फलजस्तै
कस्तो हो यो रात
रातो रगतलाई कालो बनाउने
कसको हो यो अपराध
झर्दैनन् अब आँशुहरू यी दुई आँखाबाट
झर्दैनन् अब आँशुहरू यी दुई आँखाबाट
दुलही बनाई जब लान्छ कसैले घरको सट्टा घाट
भन्छन् सबले मानिस मर्छन् आफ्नै कर्म गतिले
गोलीले नमर्ने मान्छे मर्छ आफ्नै गल्तिले
रातो रगतलाई कालो बनाउने
कसको हो यो अपराध
सजिलै मर्ने मान्छे हेर बाँच्नु यहाँ कति गाह्रो
सजिलै मर्ने मान्छे हेर बाँच्नु यहाँ कति गाह्रो
एउटा पाइला उजेलो टेक्छ अर्को पाइला अँधेर
तिम्रै मात्रै होइन साथी मेरो पनि घाऊ आलो
मनको ज्योति बाली राख कहिले त होला उजेलो
रातो रगतलाई कालो बनाउने
कसको हो यो अपराध
शब्द/संगीत/स्वरः गोपाल योञ्जन