रानी चरी कहाँ गो शून्य भयो वन
रुन्छ मेरो मन ओइली गयो लालीगुँरास
रानी चरी कहाँ गो शून्य भयो वन
रुन्छ मेरो मन ओइली गयो लालीगुँरास
प्रकृतिकि रानी तिमी बोल केही भन
कहाँ गयो मेरो माया छोडी मलाई लौन
प्रकृतिकि रानी तिमी बोल केही भन
कहाँ गयो मेरो माया छोडी मलाई लौन
रानी चरी कहाँ गो शून्य भयो वन
रुन्छ मेरो मन ओइली गयो लालीगुँरास
रानी चरी कहाँ गो शून्य भयो वन
रुन्छ मेरो मन ओइली गयो लालीगुँरास
छहरा यो पहरामा छमछम गर्दै
कुहुकुहु कोइलीले वन गुञ्जाउँदै
लौन माया कहाँ गयो सात खोला तर्दै
वन पाखा चहार्दै छु तिमीलाई खोज्दै
रानी चरी कहाँ गो शून्य भयो वन
रुन्छ मेरो मन ओइली गयो लालीगुँरास
रानी चरी कहाँ गो शून्य भयो वन
रुन्छ मेरो मन ओइली गयो लालीगुँरास
शब्दः जे. आर. वाग्ले
संगीतः नातिकाजी
स्वरः तारा देवी