रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती
चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती
उसै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ
मौका पर्खिन्न भन्छन्, यौवन फर्किन्न भन्छन्
तिम्रो नयनको शान्ति मौन फिराद गर्छन्
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
मैले बुझिनँ भाका कैयन उपाय लाएँ
मैले बुझिनँ भाका कैयन उपाय लाएँ
अड्कल सकिनँ काट्न, धेरै विचार लाएँ
बिन्ती म लाटोलाई भाषा सजिलो बोल
टम्मै मिलेको ओठ सङ्कोच नमानी खोल
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
शब्दः अच्युत कृष्ण खरेल
संगीत/स्वरः फत्तेमान राजभण्डारी