रक्तिम अधर छ तिम्रो………

रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ

चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती
चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती
उसै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ
मौका पर्खिन्न भन्छन्, यौवन फर्किन्न भन्छन्
तिम्रो नयनको शान्ति मौन फिराद गर्छन्
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ

मैले बुझिनँ भाका कैयन उपाय लाएँ
मैले बुझिनँ भाका कैयन उपाय लाएँ
अड्कल सकिनँ काट्न, धेरै विचार लाएँ
बिन्ती म लाटोलाई भाषा सजिलो बोल
टम्मै मिलेको ओठ सङ्कोच नमानी खोल
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ

शब्दः अच्युत कृष्ण खरेल
संगीत/स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!