रहेनछ मेरो……..

रहेनछ मेरो केही भगवन
मेरो रहेनछ केही
रहेनछ मेरो केही भगवन
मेरो रहेनछ केही

मनै सम्मको जगत रहेछ

मनै सम्मको जगत रहेछ
चोखो रहेछु म देही भगवन
रहेनछ मेरो केही भगवन
मेरो रहेनछ केही
ब्रह्मदेखि कमिलासम्म रहेछ खाली छायाँ
ब्रह्मदेखि कमिलासम्म रहेछ खाली छायाँ
म र मेरो भने सित्तीमा गर्दो रहेछु म माया
यति मात्र भो उति भएन
यति मात्र भो उति भएन
कहिले होला भन्दै
बित्दो रहेछ नशवर जीवन आशा गन्दा गन्दै
रहेनछ मेरो केही भगवन
मेरो रहेनछ केही
धन, मान, वैभव जति भए पनि पुग्दो रहेनछ कहिलै
धन, मान, वैभव जति भए पनि पुग्दो रहेनछ कहिलै
शान्ती खाजी त्याग भावले चल्नु छ राम्रो पहिले
खुशले त्याग वा बेखुशले
खुशले त्याग वा बेखुशले
त्याग्नु छ एकदिन सारा
राजी खुशीले त्याग्न सकेमा बग्ला अमृत धारा
रहेनछ मेरो केही भगवन
मेरो रहेनछ केही
 
शब्दः तारक शाह
संगीत/स्वरः भक्तराज आचार्य
In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!