रात यो नबित्ला जस्तो
जिउने बाटो खोजेको छु
दियो पनि मधुरो छ
मुटुभरि बसेको छु
रात यो नबित्ला जस्तो
जिउने बाटो खोजेको छु
दियो पनि मधुरो छ
मुटुभरि बसेको छु
रात यो नबित्ला जस्तो
बाँकी नै छ धेरै जल्नु छाती सबै डढिसक्यो
बाँकी नै छ धेरै जल्नु छाती सबै डढिसक्यो
चाहेको थेँ टाढा जाऊँ नाउ बीचमै डुबिसक्यो
रात यो नबित्ला जस्तो
जिउने बाटो खोजेको छु
दियो पनि मधुरो छ
मुटुभरि बसेको छु
रात यो नबित्ला जस्तो
मृत्यु पनि कसैलाई साथी बनि हाँसिदिन्छ
मृत्यु पनि कसैलाई साथी बनि हाँसिदिन्छ
जीवन तर आफूलाई चितासरि जलिदिन्छ
रात यो नबित्ला जस्तो
जिउने बाटो खोजेको छु
दियो पनि मधुरो छ
मुटुभरि बसेको छु
रात यो नबित्ला जस्तो
जिउने बाटो खोजेको छु
दियो पनि मधुरो छ
मुटुभरि बसेको छु
रात यो नबित्ला जस्तो
शब्दः हरिशङ्कर अमात्य
सङ्गीत/स्वरः पन्नाकाजी