रात यति चाँडै नजाऊ
मेरो माया मेरो कथा पूरा हुन बाँकी नै छ
मेरी तारासँग मेरो कुरा हुन बाँकी नै छ
रात यति चाँडै नजाऊ
कुनै लुक्नु पर्ने दिनको अँगालो म रुचाउन्नँ
तारालाई भगाइ दिने उज्यालो म रुचाउन्नँ
तारालाई भगाइ दिने उज्यालो म रुचाउन्नँ
उज्यालो म रुचाउन्नँ
रात यति चाँडै नजाऊ
मेरो माया मेरो कथा पूरा हुन बाँकी नै छ
मेरी तारासँग मेरो कुरा हुन बाँकी नै छ
रात यति चाँडै नजाऊ
मलाई तिम्रो शून्यतामा गीत यति मीठो लाग्छ
मलाई गाउ भन्नेहरू आवाज सबै झूटो लाग्छ
मलाई गाउ भन्नेहरू आवाज सबै झूटो लाग्छ
आवाज सबै झूटो लाग्छ
रात यति चाँडै नजाऊ
मेरो माया मेरो कथा पूरा हुन बाँकी नै छ
मेरी तारासँग मेरो कुरा हुन बाँकी नै छ
रात यति चाँडै नजाऊ
शब्दः राम मान तृषित
संगीत/स्वरः प्रेमध्वज प्रधान