रात रोयो, जून रोयो
रात रोयो, जून रोयो,
चाहना नै मेटियो
जिन्दगीले जिउन खोज्दा
जिन्दगी नै रेटियो
रात रोयो, जून रोयो
मिलन मीठो, प्यारो हुन्छ
मिलन मीठो, प्यारो हुन्छ भन्थे सबले उल्टो भो
मिलनले नै पोलेपछि
मिलनले नै पोलेपछि सत्य स्वयम् नाङ्गियो
छातीभित्र धुवैँधुवाँ सास फेर्न गाह्रो भो
जिन्दगीले जिउन खोज्दा जिन्दगी नै रेटियो
रात रोयो, जून रोयो
के के सोचेँ, के के सम्झेँ
के के सोचेँ, के के सम्झेँ कल्पना ती च्यातिए
भुइँचालोले मेरा सारा
भुइँचालोले मेरा सारा महलहरू भत्किए
आकाश छुन्छु भन्दाभन्दै आफ्नै आँगन टाढा भो
जिन्दगीले जिउन खोज्दा जिन्दगी नै रेटियो
रात रोयो, जून रोयो
के भनुँ म? के गरूँ म?
के भनुँ म? के गरूँ म? केही बुझ्नै सक्दिनँ
विधाताले कहाँ ल्यायो?
विधाताले कहाँ ल्यायो? बाटो भेट्नै सक्दिनँ
यो रहस्य बिखजस्तो मुटुभित्र फैलियो
जिन्दगीले जिउन खोज्दा जिन्दगी नै रेटियो
रात रोयो, जून रोयो चाहना नै मेटियो
जिन्दगीले जिउन खोज्दा जिन्दगी नै रेटियो
रात रोयो, जून रोयो
शब्दः किरण खरेल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः प्रकाश श्रेष्ठ
चलचित्रः