पूर्णिमाको रात पनि औँसीकोझै लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको त्यो
मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको त्यो
तिम्रो दोष हैन सुन, मेरै भुल भएको थियो
मेरै भुल भएको थियो
एक्लै भए जस्तो लाग्छ ठूलो शहरमाझ
एक्लै भए जस्तो लाग्छ ठूलो शहरमाझ
तिम्रो प्रेमी जिउँदै मर्यो यो संसारमा आज
यो संसारमा आज
सलाईको काँटीजस्तै यो अभागी जल्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
शब्द/संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल