प्रेम के जानोस्
प्रेम के जानोस् प्रेमको बोली
रूप के जानोस्
के जानोस् भलो या गाली
प्रेम के जानोस्
देखेँ कोही तारा नौलो लाग्यो
हृदयले त्यसको झल्को ल्यायो
देखेँ कोही तारा नौलो लाग्यो
हृदयले त्यसको झल्को ल्यायो
न चन्द्र भन्नु न तारा नै
सुन्दरताको न बाला नै
न चन्द्र भन्नु न तारा नै
सुन्दरताको न बाला नै
प्रेम के जानोस्
प्रेम के जानोस् प्रेमको बोली
रूप के जानोस्
के जानोस् भलो या गाली
प्रेम के जानोस्
झुकी झुकी त्यो नयन उचाली
बाँधेर मुस्कान मौन बोली
झुकी झुकी त्यो नयन उचाली
बाँधेर मुस्कान मौन बोली
लाजको झोली बोकी हिँड्ने
नील घुम्टो वा बिजुली नै
लाजको झोली बोकी हिँड्ने
निल घुम्टो वा बिजुली नै
प्रेम के जानोस्
प्रेम के जानोस् प्रेमको बोली
रूप के जानोस्
के जानोस् भलो या गाली
प्रेम के जानोस्
शब्दः उत्तमलाल श्रेष्ठ
सङ्गीतः भैरव बहादुर थापा
स्वरः ध्रुव के.सी.