प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
कहिले हँसाउँछ कहिले रुवाउँछ
आँशु र हाँसोको संगम पनि गराउँछ
पर्खन्छन् कति आत्माहरू मायाको धुनी बालेर
पर्खन्छन् कति आत्माहरू मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग
झस्कन्छन् कति सपनासँग विपना हो कि भनेर
विपना हो कि भनेर
धैर्य गर मेरी प्रेयसी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
उर्लन्छन् कति खोलाहरू फर्किने आशा लिएर
उर्लन्छन् कति खोलाहरू फर्किने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग
तर्सन्छन् कति प्रेमीसँग धोका हो कि भनेर
धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हँसाउँछ कहिले रुवाउँछ
आँशु र हाँसोको संगम पनि गराउँछ
प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
शब्दः राजेन्द्र रिजाल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल