पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालेँ
त्यहीँ साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने? केले टाल्ने हो?
पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालेँ
त्यहीँ साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने? केले टाल्ने हो?
सास फेरे जस्तो लाग्छ
तर भन्छन् मरिसकिस्
तेरो भाग्य यति नै हो
भोग चलन गरिसकिस्
सलहको भाग्य मेरो
मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउथेँ बरू
तर मन सिउने केले हो?
सुख के हो? दुःख के हो?
मनले खोज्ने खुशी के हो?
भावीले निधारमा कर्म लेखिदिने मसि के हो?
कर्म लेख्ने मसि के हो?
भाग्य तोक्ने कसी के हो?
कर्म फुटे जोड्थेँ बरू
तर मन जोड्ने केले हो?
पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टालेँ
त्यहीँ साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने? केले टाल्ने हो?
शब्दः राजेन्द्र थापा
संगीतः अम्बर गुरुङ
स्वरः अरूणा लामा