पिरतीको विषालु काँडा
है बिझ्यो मेरो
बिझ्यो मेरो कलिलो छातीमा
बिझ्यो मेरो कलिलो छातीमा
पिरतीको विषालु काँडा है
बिझ्यो मेरो
बिझ्यो मेरो कलिलो छातीमा
बिझ्यो मेरो कलिलो छातीमा
लामो लामो गाजली आँखा
हेरिदिए बेहोशै बनाउने
लामो लामो गाजली आँखा
हेरिदिए बेहोशै बनाउने
कालो कालो घटाझैँ केश
फुकाई दिए संसारै लुकाउने
कालो कालो घटाझैँ केश
फुकाई दिए संसारै लुकाउने
फुकाई दिए संसारै लुकाउने
पिरतीको विषालु काँडा है
बिझ्यो मेरो
बिझ्यो मेरो कलिलो छातीमा
बिझ्यो मेरो कलिलो छातीमा
बैँसमा चढेको रङ्ग
छोए मात्रै शरीरै रङ्गाउने
बैँसमा चढेको रङ्ग
छोए मात्रै शरीरै रङ्गाउने
मुस्कायो कि त्यो लाली ओठ
शिशिरमा वसन्त आई हाल्ने
मुस्कायो कि त्यो लाली ओठ
शिशिरमा वसन्त आई हाल्ने
शिशिरमा वसन्त आई हाल्ने
पिरतीको विषालु काँडा है
बिझ्यो मेरो
बिझ्यो मेरो कलिलो छातीमा
बिझ्यो मेरो कलिलो छातीमा
मायालुको मोहिनी रूप
देख्ने जति पागलै भैजाने
मायालुको मोहिनी रूप
देख्ने जति पागलै भैजाने
साँझपख झ्यालबाट च्याए
मूल बाटो नै उज्यालो भई हाल्ने
साँझपख झ्यालबाट च्याए
मूल बाटो नै उज्यालो भई हाल्ने
मूल बाटो नै उज्यालो भई हाल्ने
पिरतीको विषालु काँडा है
बिझ्यो मेरो
बिझ्यो मेरो कलिलो छातीमा
बिझ्यो मेरो कलिलो छातीमा
संगीतः शिव शंकर थापा
शब्द/स्वरः पुष्प नेपाली