पिरती लाउने मान्छेको आँखा छलेर कतै म तिमीलाई लान्छु

तिमीलाई अब चोरेरै पनि जीवनभरको साथी बनाउँछु
पिरती लाउने मान्छेको आँखा छलेर कतै म तिमीलाई लान्छु
प्रेरणा मेरा जति छन् सारा तिमीलाई नै दिन्छु
कोमल तिम्रो शरीरमा सारा अमृतले नै छर्छु

तिमीलाई खोज्न आउनेहरूलाई ढाँटेर
आँखाको कोषमा राख्छु
पिरती लाउने मान्छेको आँखा छलेर कतै म तिमीलाई लान्छु
ईश्वरको त्यो कारिगिरी नै धानिएछ तिमीमा
टुना लाउने सबै विद्याहरू पोखिएछ तिमीमा
ईश्वरको त्यो कारिगिरी नै धानिएछ तिमीमा
टुना लाउने सबै विद्याहरू पोखिएछ तिमीमा
फूलको हजारौ रङ्गले तिमीलाई
श्रृङ्गारी अब म मुटुभित्र राख्छु
पिरती लाउने मान्छेको आँखा छलेर कतै म तिमीलाई लान्छु
शब्दः बिकल नेपाल
संगीतः शिवशंकर मानन्धर
स्वरः पि. आई. श्रेष्ठ