फूललाई सोधेँ कहाँ गयो?, कता गयो भमरा?
फूललाई सोधेँ कहाँ गयो?, कता गयो भमरा?
लजाएर फूलले भन्यो, कहाँ गयो?, कता लाग्यो?
मेरो मन चोरी लग्यो त्यसले, बैगुनीले
वनलाई सोधेँ कहाँ भाग्यो बादल?
वनलाई सोधेँ कहाँ भाग्यो बादल?
सुसाएर वनले भन्यो कहाँ गयो?, कता लाग्यो?
मेरो तन रुझाएर पानीले, बेइमानीले
मेरो मन चोरी लग्यो त्यसले, बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा?
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा?
समाएर उसले भन्यो कहाँ गयो?, कता लाग्यो?
मेरो मन चोरी लग्यो त्यसले, बैगुनीले
खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो, उमेर गयो, खोजी हिँड्नु पर्दा
भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तीतिर भनि
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा, कसलाई होला बुझ्नै सकिनँ मैले
बित्यो युग यहाँ पर्खेको, अझै छैन फर्केको
फूललाई सोधेँ कहाँ गयो?, कता गयो भमरा?
फूललाई सोधेँ कहाँ गयो?, कता गयो भमरा?
लजाएर फूलले भन्यो, कहाँ गयो?, कता लाग्यो?
मेरो मन चोरी लग्यो त्यसले, बैगुनीले
शब्दः नोर्देन रूम्बा
संगीतः कर्म योञ्जन
स्वरः अरूणा लामा