फूलहरूको ओठ खोलेर
तिनमा जूनको ज्योति मिलेर
संसार सुन्दर सुन्दर हुन्छ
हाम्रो प्रीतिको घाम परेर
मान्छेहरू एक्लै जन्मन्छन्
तै पनि कोही विरानो हुन्न
तै पनि कोही विरानो हुन्न
मायालुहरू कति आए गए
माया कहिले पुरानो हुन्न
माया कहिले पुरानो हुन्न
दुई थुङ्गा फूल हौ हामी
वसन्त बोलाउन हाँसो खोलेर
फूलहरूको ओठ खोलेर
तिनमा जूनको ज्योति मिलेर
प्रेमका गीत यति धेरै छन्
युग युगदेखि गाइँदैछन्
युग युगदेखि गाइँदैछन्
आज मिलेर गाउँछौ हामी
भोलि गाउन अरू आउँदैछन्
दुई अँजुली जल हौ हामी
सृष्टी सजाउन बग्यौ भुलेर
संसार सुन्दर सुन्दर हुन्छ
हाम्रो प्रीतिको घाम परेर
शब्दः किरण खरेल
सङ्गीतः शिव शङ्कर मानन्धर
स्वरः तारा देवी र योगेश वैद्य