फूलहरू ओइली झरे तिम्रो विरहमा
बादल यो रोइर’न्छ तिम्रो वियोगमा
फूलहरू ओइली झरे
वसन्त याँ आए कति तिमीलाई खोजी खोजी खोजी
कोकिलले गाए कति तिमीलाई नै सोधी
रातभरि चिहाउँछ शरदको जून
तिम्रो लागि कल्पी उड्छ छहराको धुन
फूलहरू ओइली झरे
फूलहरू ओइली झरे
तिमीबिना संसार छ उदास उदास झैँ उदास झैँ
उडी जाने बतास छ निश्वास निश्वास झैँ
धर्तीमाथि रङ्गाएर मुस्कानको लाली
मेरी माया आइदेऊ नौलो बत्ती बाली
फूलहरू ओइली झरे
फूलहरू ओइली झरे
शब्दः किरण खरेल
संगीत/स्वरः अम्बर गुरूङ