फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
त्यसै वनको रानी चरी, त्यसै वनको काफल
मेरो गीतको सेरोफेरो तिम्रो मनको मादल
त्यसै वनको रानी चरी, त्यसै वनको काफल
मेरो गीतको सेरोफेरो तिम्रो मनको मादल
छोरा पाए घरैको लछिन
छोरी पाए लालुमै अर्कैको लछिन
फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
खोला नाला बगेका छन् कलपल ध्वनि गरी
न्याउली चरी बासेको छ न्याउल न्याउल गरी
खोला नाला बगेका छन् कलपल ध्वनि गरी
न्याउली चरी बासेको छ न्याउल न्याउल गरी
फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
वन जङ्गल ढाकेको छ लालीगुराँस फूलले
तिमीलाई बिर्सु भन्दा मान्दैन यो मनले
वन जङ्गल ढाकेको छ लालीगुराँस फूलले
तिमीलाई बिर्सु भन्दा मान्दैन यो मनले
फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
फूलबारी तिम्रै हो माया
फूल टिप लालुमै कोपिला नटिप
शब्दः धर्मराज थापा
संगीतः
स्वरः ज्ञानु राणा