पर्खी बसेँ आउला भनि मेरो उठ्ने पालो
कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो, कालो
भै गएछ कालो, मेरो उठ्ने पालो
वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छायाँ आफैसँग भागी हिँड्न थाल्यो
भागी हिँड्न थाल्यो
आफ्नै माया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो
बोझ लाग्न थाल्यो, बोझ लाग्न थाल्यो
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी
मनभित्र यो आँधी
बाध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी
चाहनालाई बाँधी, चाहनालाई बाँधी
पर्खी बसेँ आउला भनि मेरो उठ्ने पालो
मेरो उठ्ने पालो
शब्दः निर शाह
संगीतः शम्भुजीत बास्कोटा
स्वरः नारायण गोपाल