पारिदेखि जुनकिरीले डोर्याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा
पारिदेखि जुनकिरीले डोर्याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा
के भनि बोलाऊँ म
साइनो के लाऊँ म
सुसेलैले हो इशारैले पो
सुटुक्क डाकूँ कि
कसो ए तारा भनन
के भनि बोलाऊँ म
साइनो के लाऊँ म
सुसेलैले हो इशारैले पो
सुटुक्क डाकूँ कि
कसो ए तारा भनन
पारिदेखि जुनकिरीले डोर्याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा
आँखामा लिइ मोहनी
पिरती दिऊँ भनि
आएको खबर खुशीको लहर
पुर्याइ दिन्छौ कि
ए शशि उनकै आँगन
आँखामा लिइ मोहनी
पिरती दिऊँ भनि
आएको खबर खुशीको लहर
पुर्याइ दिन्छौ कि
ए शशि उनकै आँगन
पारिदेखि जुनकिरीले डोर्याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा
हाँसेको हरियो गाउँमा
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः प्रेमध्वज प्रधान