पन्छीमा डाँफे राम्रो, फूलमा लालीगुराँस
हामीलाई लाग्छ राम्रो नेपाली धर्ती आकाश
नेपाली धर्ती आकाश
पन्छीमा डाँफे राम्रो, फूलमा लालीगुराँस
हामीलाई लाग्छ राम्रो नेपाली धर्ती आकाश
नेपाली धर्ती आकाश
कुहिरोको पर्दा खोली
घामका झुल्का च्याउँछन्
ओ ओ ओ ओ ओ ओ
कुहिरोको पर्दा खोली
घामका झुल्का च्याउँछन्
सिन्दुरी रंगमा रंगी
सिन्दुरी रंगमा रंगी
हिमका थुम्का रमाउँछन्
हामीलाई लाग्छ प्यारो
जन्मे हुर्केको यही बास
हामीलाई लाग्छ राम्रो
नेपाली धर्ती आकाश
नेपाली धर्ती आकाश
पन्छीमा डाँफे राम्रो
ध्वजामा चन्द्र सूर्य दिन रात मुस्कुराउँछन्
ओ ओ ओ ओ ओ ओ
ध्वजामा चन्द्र सूर्य दिन रात मुस्कुराउँछन्
स्वरमा भरि माधुर्य
स्वरमा भरि माधुर्य
सेती र काली गाउँछन्
हामीलाई लाग्छ मीठो, यही माटोको सुवास
हामीलाई लाग्छ राम्रो, नेपाली धर्ति आकाश
नेपाली धर्ति आकाश
पन्छीमा डाँफे राम्रो, फूलमा लालीगुराँस
हामीलाई लाग्छ राम्रो नेपाली धर्ती आकाश
नेपाली धर्ती आकाश
नेपाली धर्ती आकाश
शब्द: रत्न शमशेर थापा
संगीतः शिव शंकर मानन्धर
स्वरः मीरा राणा, कुन्ती मोक्तान, आनन्द कार्की, ममता दिप्बिम, राजु लामा