पलक झारी जमिन कोरी घुम्टोमा लुकेर
दुलहीसरि मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ?
त्यो मान्छे कस्तो छ?
झुल्केको घाम परेको चुनि सुन्दर प्रभात
दुई डाँडा टेक्ने इन्द्रेणीसरि त्यै मान्छे जस्तो छ
त्यै मान्छे जस्तो छ
उषाको बेला शीत थोपा केशमा जडेर
सिम्रिक टीका गाजल कोर्ने त्यो मान्छे कस्तो छ?
त्यो मान्छे कस्तो छ?
दिनमा सधै सम्झना बनि आँखामा ढुकेर
रातमा पनि सपना हुने त्यै मान्छे जस्तो छ
त्यै मान्छे जस्तो छ
ओठको लाली घामको पारी साँझको सोरेर
फूलको बास सासमा झर्ने त्यो मान्छे कस्तो छ?
त्यो मान्छे कस्तो छ?
दुःखमा आज आँशुको थोपा मायाले पुछेर
सुखको भोलि देखाइ दिने त्यै मान्छे जस्तो छ
त्यै मान्छे जस्तो छ
हिमाली हावा झरेका जल पहरा चिरेर
छहरा बजि सहारा दिने त्यो मान्छे कस्तो छ?
त्यो मान्छे कस्तो छ?
बर्खाको रात बादल च्याती जूनले निस्किदाँ
चाँदनीबाट छल्केको रात त्यै मान्छे जस्तो छ
त्यै मान्छे जस्तो छ
पलक झारी जमिन कोरी घुम्टोमा लुकेर
दुलहीसरि मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ?
त्यो मान्छे कस्तो छ?
झुल्केको घाम परेको चुनि सुन्दर प्रभात
दुई डाँडा टेक्ने इन्द्रेणीसरि त्यै मान्छे जस्तो छ
त्यै मान्छे जस्तो छ
शब्दः म. बि. बि. शाह
संगीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान र तारा देवी