ओठले नबोले पनि
मुहारमा चढेछ जवानी
ओठले नबोले पनि
मुहारमा चढेछ जवानी
आँखा तरी नहेर सान्नानी
सत्र वर्ष पुगेँ मै पनि
सत्र वर्ष पुगेँ मै पनि
आऊ मनैमा
ए बस मनैमा
लैजाउँला घुमाउन रानी वनैमा
ओठले नबोले पनि
मुरी मुरी मायाको राश तिमीलाई
दिउँला कलेजी कुनामा बास तिमीलाई
तिम्रो माया त मुटुको दुख्ने घाउ हो
पिटाई बिर्स्यौ कि कसो हो मेरो बाउको
नभन प्यारी यसरी
मायालुको मन रुन्छ नि
तिम्रो यो रुखो बोलीले
हे गोली ठोके जस्तो हुन्छ नि
गोली ठोके जस्तो हुन्छ नि
आऊ मनैमा
ए बस मनैमा
लैजाउँला घुमाउन रानी वनैमा
ओठले नबोले पनि
मलाई बाँधन मायाले चोली टुनामा
लौ न बस्न देऊ तिम्रो मनको कुनामा
तिमीलाई खै के भनौँ गाउँको आवारा
केटी जिस्क्याउँदै यसरी हिँड्ने नगर
पण्डित बाजे डाकेर
बिहेको साइत हेरौँला
देउतालाई साक्षी राखेर
सिउँदोमा सिन्दुर भरौँला
सिउँदोमा सिन्दुर भरौँला
आऊ मनैमा ए बस मनैमा
लैजाउँला घुमाउन रानी वनैमा
ए कान्छा के भन्या लौन नि
बिहे गर्ने मनै छैन नि
हामीलाई हुँदैन ए कान्छा
पिरतीले व्यर्थैमा ज्यान जान्छ
पिरतीले व्यर्थैमा ज्यान जान्छ
आशै नगर ए लोभी भमरा
आऊ मनैमा ए बस मनैमा
आशै नगर ए लोभी भमरा
आऊ मनैमा ए बस मनैमा
आशै नगर ए लोभी भमरा
आऊ मनैमा ए बस मनैमा
शब्दः दयाराम दाहाल
सङ्गीतः अनिल शाही
स्वरः आनन्द कार्की र सुनिता सुब्बा
चलचित्रः भरिया