नित्य नयनमा तारा पाई
मौन चन्द्रको याद गरेँ
मौन चन्द्रको याद गरेँ
व्यथा कसैले बुझ्न सकेन
आत्मकथा अनुवाद गरेँ
आत्मकथा अनुवाद गरेँ
नित्य नयनमा तारा पाई
प्रश्न उठाएँ जीवन लयमा
प्रश्न उठाएँ जीवन लयमा
प्रतिध्वनि जगको शान्त समयमा
प्रश्न उठाएँ जीवन लयमा
प्रतिध्वनि जगको शान्त समयमा
उत्तर कहिल्यै केही मिलेन
कहानी सब संवाद गरेँ
कहानी सब संवाद गरेँ
नित्य नयनमा तारा पाई
मौन चन्द्रको याद गरेँ
मौन चन्द्रको याद गरेँ
नित्य नयनमा तारा पाई
रङ्ग गुमाएँ चित्र जगतमा
रङ्ग गुमाएँ चित्र जगतमा
मानव जीवन बन्धन तटमा
रङ्ग गुमाएँ चित्र जगतमा
मानव जीवन बन्धन तटमा
तै पनि आश लहरमा अल्झी
जिन्दगी बरबाद गरेँ
जिन्दगी बरबाद गरेँ
नित्य नयनमा तारा पाई
मौन चन्द्रको याद गरेँ
मौन चन्द्रको याद गरेँ
व्यथा कसैले बुझ्न सकेन
आत्मकथा अनुवाद गरेँ
आत्मकथा अनुवाद गरेँ
नित्य नयनमा तारा पाई
शब्दः राममान तृषित
संगीतः शिवशङ्कर मानन्धर
स्वरः योगेश वैद्य