निश्चल आँखा हुनेहरू हो
निर्दोष अनुहार हुनेहरू हो
मेरो नगिच अब आइनदेऊ
तिमीहरूको माया लाग्छ मलाई
तिमीहरूको पीरले पोल्छ मलाई
निश्चल आँखा हुनेहरू हो
कति जाती हुन्थ्यो त्यस्ता अनुहार नदेखेको भए
कति शान्ति हुन्थ्यो तिनका गीत मैले नलेखेको भए
कति कमजोर छ मेरो मन भनि रूप भुल्न सक्दिनँ
जति जे भो भनि म मलाई छल्न सक्दिनँ
निश्चल आँखा हुनेहरू हो
म त माया लाग्दा आँखा सब मन पराउन थाल्दछु
म उनको भइसकेको कुरा बिर्सि हराउन थाल्दछु
मेरो यो बानीले मलाई धेरै धेरै जलाइसक्यो
एउटा मुटु टुक्रा पारी धेरैलाई दिलाइसक्यो
निश्चल आँखा हुनेहरू हो
शब्दः किरण खरेल
संगीत/स्वरः दीप श्रेष्ठ