निर्दोष मेरो पछ्यौरीमा दोष केवल अल्झी आयो

खुशी हाँस्ने आँखाहरूमा सावनको झरी उर्ली आयो

दोष मेरो केवल यति सबैलाई आफ्नै सम्झी दिएँ

माया भनि धोका दिनेलाई मायालु सम्झी बाँची दिएँ, बाँची दिएँ
प्रीत यो मेरो जिन्दगीमा आशिष होइन अभिशाप बन्यो
खुशी हाँस्ने आँखाहरूमा सावनको झरी उर्ली आयो
निर्दोष मेरो पछ्यौरीमा दोष केवल अल्झी आयो
हाँस्ने रहर कति कति ती आँशु बनि पिई दिएँ

संगीत छर्ने ओठहरूलाई मौनताले सिई दिएँ सिई दिएँ
गीत यो मेरो जिन्दगीमा जीत होइन हार भयो
खुशी हाँस्ने आँखाहरूमा सावनको झरी उर्ली आयो
निर्दोष मेरो पछ्यौरीमा दोष केवल अल्झी आयो
दोष केवल अल्झी आयो
दोष केवल अल्झी आयो
शब्दः
संगीतः
स्वरः तारा देवी