नेपाल मेरो तिमीलाई……..

नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी
अपनाऊ या नअपनाऊ, तिम्रै हो सर्वस्व जे जति
नेपाल मेरो तिमीलाई

चरीको चिरबिर बोली, फुलेको फूल उपवन
इन्द्रेणी सिमसिमे पानी घाम छायाँ यो जुनीको
चरीको चिरबिर बोली, फुलेको फूल उपवन
इन्द्रेणी सिमसिमे पानी घाम छायाँ यो जुनीको
नेपाल मेरो तिमीलाई

मीठो पिठो भेटाएको सुख दुःख यो जीवनको
तिम्रै माटोमा कुल्चेको हाड छाला समेत यो
मीठो पिठो भेटाएको सुख दुःख यो जीवनको
तिम्रै माटोमा कुल्चेको हाड छाला समेत यो
नेपाल मेरो तिमीलाई

चलेको ढुकढुकी मेरो तिम्रै स्वतन्त्र शानमा
तिमीलाई नै भयो सारा भलोको कुम्लोको उपहारमा
चलेको ढुकढुकी मेरो तिम्रै स्वतन्त्र शानमा
तिमीलाई नै भयो सारा भलोको कुम्लोको उपहारमा
नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी
अपनाऊ या नअपनाऊ, तिम्रै हो सर्वस्व जे जति
नेपाल मेरो तिमीलाई

शब्दः म.बि.बि. शाह
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!