नयाँ नयाँ सजाऊँ है संसार
सुख दुःख बाँटौँ है मिलेर
घामको पहिलो किरण
छुन्छ गरा गरा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा
नयाँ नयाँ सजाऊँ है संसार
सुख दुःख बाँटौँ है मिलेर
घामको पहिलो किरण
छुन्छ गरा गरा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा
हाम्रो मायाले बोलायो
दाजु र भाउजु घर आयो
हाम्रो मायाले बोलायो
दाजु र भाउजु घर आयो
यो पहाडको ढुङ्गा माटो
यी सब हुन् माया बसेको
यो पहाडको ढुङ्गा माटो
यी सब हुन् माया बसेको
सबै साथै हाँस्छन्
सबै साथै खेल्छन्
पीर खुशी जति छन्
बाँड्दछन् सारा
नयाँ नयाँ सजाऊँ है संसार
सुख दुःख बाँटौँ है मिलेर
हाम्रो आफ्नै सानो संसार
मायाको फूल जिउनलाई सार
हाम्रो आफ्नै सानो संसार
मायाको फूल जिउनलाई सार
तिम्रो मेरो माया जीवन सजाउँला
हाम्रो पछि रहनेछ निशानी सारा
नयाँ नयाँ सजाऊँ है संसार
सुख दुःख बाँटौँ है मिलेर
घामको पहिलो किरण
छुन्छ गरा गरा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा
नयाँ नयाँ सजाऊँ है संसार
सुख दुःख बाँटौँ है मिलेर
शब्दः कुसुम गजमेर
सङ्गीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा र आशा भोसले
चलचित्रः साइनो