नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ अब जिन्दगीको मीठो सुरुवात यो
नयाँ अब जिन्दगीको मीठो सुरुवात यो
नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
बुट्टा बुट्टा चियाबारी आँगन यो अजम्बरी
बुट्टा बुट्टा चियाबारी आँगन यो अजम्बरी
फुलेका ती पसिना मोति दाना वरिपरि
फुलेका ती पसिना मोति दाना वरिपरि
फिक्का चिया तिर्खा मीठो हाँसी हाँसी पिएको
फिक्का चिया तिर्खा मीठो हाँसी हाँसी पिएको
नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
बादलको देशमाथि नाची हिँड्ने परेला नि
बादलको देशमाथि नाची हिँड्ने परी रानी
मेरो घर आएकी छे सुनकेश्री मेरी रानी
मेरो घर आएकी छे सुनकेश्री मेरी रानी
सानो खुशी सुहाएको जीवन यो रमाइलो
नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ नयाँ पात यो
नयाँ नयाँ पात यो
नयाँ नयाँ पात यो
शब्दः नोर्देन रुम्बा
सङ्गीतः शान्ति ठटाल
स्वरः बिमला प्रधान सेन्चुरी
चलचित्रः बाँच्न चाहनेहरू