नौमुरी माया छ मुटुभित्र मलाई देशको
सुन्तली घाम झै यो मेरो देश हिमाल हाँसेको
नौमुरी माया छ मुटुभित्र मलाई देशको
सुन्तली घाम झै यो मेरो देश हिमाल हाँसेको
नौमुरी माया छ मुटुभित्र मलाई देशको
बुद्धको माटो, शिवको माटो, वीरको माटो यो
बुद्धको माटो, शिवको माटो, वीरको माटो यो
पहरामाथि चल्लाको घारी सुसाउने देश यो
गुँरास फुल्ने, कस्तुरी डुल्ने, डाँफेको देश यो
डमरू बजाई शिवले सृष्टी गरेको देश यो
नौमुरी माया छ मुटुभित्र मलाई देशको
सुन्तली घाम झै यो मेरो देश हिमाल हाँसेको
नौमुरी माया छ मुटुभित्र मलाई देशको
यो लेँक मेरो, यो ब्यासी मेरो, यो माटो मेरै हो
यो लेँक मेरो, यो ब्यासी मेरो, यो माटो मेरै हो
जूनको जम्मै ममता बोक्ने हिमाल मेरै हो
म जस्तै कोटी मनको माया खुलेको देश यो
वेदको दाजु हिमाल सिङ्गै उठेको देश यो
नौमुरी माया छ मुटुभित्र मलाई देशको
सुन्तली घाम झै यो मेरो देश हिमाल हाँसेको
नौमुरी माया छ मुटुभित्र मलाई देशको
सुन्तली घाम झै यो मेरो देश हिमाल हाँसेको
नौमुरी माया छ मुटुभित्र मलाई देशको
सङ्गीत: नातिकाजी
शब्द/स्वरः पुष्प नेपाली