नौ लाख तारा उदाए…….

हो………..
नौ लाख तारा उदाए
धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा
फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली
मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा
मनको फूल झरेछ
नसम्झ आज नेपाली
सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल
छैन र कहाँ हाँसेको ?
छैन र कहाँ हाँसेको ?
सुनको सपना आँशुमा
किन हो बाँधी ल्यायौ नि ?
घरको माया बिर्सेर
किन पो यहाँ आयौ नि ?
किन पो यहाँ आयौ नि
किन पो यहाँ आयौ नि

हो……..
मुटुको रगत एउटै हो
पीरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि?
मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई
भिजेको छैन परेला
आँशुले गह भिजाए
अरूले निर्धा सम्झेला
बुझ्छ र कल्ले रोएको
मुटुमा काँडा लिएर
अरूका सारमा हाँसेको
आँशुका घुट्का पिएर
आँशुका घुट्का पिएर
पहाडी फूल नफक्री
किन हो चुडी ल्यायौ नि?
मनको आगो निभाउन
किन पो यहाँ आयौ नि?
किन पो यहाँ आयौ नि?
किन पो यहाँ आयौ नि?
किन पो यहाँ आयौ नि?

शब्दः अगमसिंह गिरी
संगीत/स्वरः अम्बर गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!