नसोध मलाई म कस्तो कथा हुँ
घरिघरि बल्झिरहने कस्तो व्यथा हुँ
नसोध मलाई म कस्तो कथा हुँ
घरिघरि बल्झिरहने कस्तो व्यथा हुँ
सबलाई रिझाउन मेरो वशमा छैन
आकाशलाई सोध म नझुकेको होइन
सबलाई रिझाउन मेरो वशमा छैन
आकाशलाई सोध म नझुकेको होइन
र पनि तिमीलाई मेरो शुभकामना
र पनि तिमीलाई मेरो शुभकामना
भयो अब यहाँ धेरै यस्तो बहाना
नसोध मलाई म कस्तो कथा हुँ
केही थोक माया पैँचो मागी ल्याएँ
बिगतको त्यो सुन्दर संसारबाट
केही थोक माया पैँचो मागी ल्याएँ
बिगतको त्यो सुन्दर संसारबाट
त्यहीँ नै आधारमा अधुरोपन सजाएँ
त्यहीँ नै आधारमा अधुरोपन सजाएँ
तिमी अब यसलाई नदेऊ झुठो बाचा
नसोध मलाई म कस्तो कथा हुँ
घरिघरि बल्झिरहने कस्तो व्यथा हुँ
नसोध मलाई म कस्तो कथा हुँ
घरिघरि बल्झिरहने कस्तो व्यथा हुँ
शब्द/संगीतः महेश राई
स्वरः अरूणा लामा