नपाएका थुकको असिम चाहझैँ
सधैँ प्रेमको भाखा म गाउँदै हिँडेँ
मलाई बेर्छ समाई मेरी प्रियसी
तेरो नाउँ म सबलाई सुनाउँदै हिँडेँ
किन भेट्न पर्ने आखिर छुट्नलाई
फगत प्रेमको नाउँमा हृदय लुट्नलाई
किन भेट्न पर्ने आखिर छुट्नलाई
फगत प्रेमको नाउँमा हृदय लुट्नलाई
रह्यो एक धागो जो प्रेमको चिनो
त्यसैमा म नुन चुक छर्दै हिँडेँ
मलाई …… मेरी प्रियसी
तेरो नाउँ म सबलाई सुनाउँदै हिँडेँ
कथा हो अधुरो मेरो प्रीतको
कथा हो अधुरो मेरो प्रीतको
बन्यौ प्रेत त्यही यो दिन रातको
त्यो खाइरहेछ मलाई दिनदिनै
तर म त्यसैलाई अँगाल्दै हिँडेँ
मलाई ….. मेरी प्रियसी
तेरो नाउँ म सबलाई सुनाउँदै हिँडेँ
नपाएका थुकको असिम चाहझैँ
सधैँ प्रेमको भाखा म गाउँदै हिँडेँ
मलाई ….. मेरी प्रियसी
तेरो नाउँ म सबलाई सुनाउँदै हिँडेँ
शब्द/सङ्गीतः गोपाल योञ्जन
स्वरः उदित नारायण झा