नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि झुम्छ जिन्दगी मेरो
नआऊ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
त्यो घुम्टो म उचालुँ कि
मुहार त्यो नियालुँ कि
भुलेर आफूलाई नै
हजुरमै हराऊँ कि
हजुरमै हराऊँ कि
नमान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
यो बैशमा बतासिदै
नआउन अकासिदै
के थाहा भोलि कल्पि
रुनु छ कि निसासिदै
रुनु छ कि निसासिदै
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी
यता उता नशा छरौँ
मीठा मीठा कुरा गरौँ
कि हामी एक अर्काको
नगिच मै जियौँ मरौँ
नगिच मै जियौँ मरौँ
नमान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
जतन गरेको दिल मेरो
नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु
हुने हो कि यो भुल मेरो
हुने हो कि यो भुल मेरो
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो
कि झुम्छ जिन्दगी मेरो
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
नमान लाज यस्तरी
शब्दः किरण खरेल
संगीतः जयदेव
स्वरः प्रेमध्वज प्रधान र उषा मंगेशकर