नचिनेको जस्तो……….

नचिनेको जस्तो तिमीले गर्न सकेकी कसरी?
गर्न सकेकी कसरी?
आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरी?
मोड्न सकेकी कसरी?
नचिनेको जस्तो तिमीले गर्न सकेकी कसरी?
गर्न सकेकी कसरी?
आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरी?
मोड्न सकेकी कसरी?

बोल्दैमा के हुने हो नजदिक केही आएर
कसले के भन्ला तिमीलाई मसँग मुस्कुराएर
बोल्दैमा के हुने हो नजदिक केही आएर
कसले के भन्ला तिमीलाई मसँग मुस्कुराएर
मसँग मुस्कुराएर
दुनियाँले भन्ने डरमै चल्न सकेकी कसरी?
दुनियाँले भन्ने डरमै चल्न सकेकी कसरी?
हाए, आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरी?
मोड्न सकेकी कसरी?
नचिनेको जस्तो तिमीले गर्न सकेकी कसरी?
गर्न सकेकी कसरी?
आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरी?
मोड्न सकेकी कसरी?

थाहा छ यो कि तिमीले मैलाई मन पराउँछ्यौ
अरूले मलाई लुट्ला सधैँ तिमी डराउँछ्यौ
थाहा छ यो कि तिमीले मैलाई मन पराउँछ्यौ
अरूले मलाई लुट्ला सधैँ तिमी डराउँछ्यौ
तैपनि माया छोप्दै हिँड्न सकेकी कसरी?
तैपनि माया छोप्दै हिँड्न सकेकी कसरी?
हाय, आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरी?
नचिनेको जस्तो तिमीले गर्न सकेकी कसरी?
गर्न सकेकी कसरी?
आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरी?
मोड्न सकेकी कसरी?
हाय, मोड्न सकेकी कसरी?
हाय, मोड्न सकेकी कसरी?

शब्दः राममान तृषित
संगीतः शिवशंकर मानन्धर
स्वरः ध्रुव के.सी.

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!