नभनिदेऊ मेरो माया छ भनेर
मेरो पनि कोही यहाँ छ भनेर
नभनिदेऊ मेरो माया छ भनेर
मैले हाँस्न खोजेँ भने फूल ओईली दिन्छ
मैले बाँच्न खोजेँ भने रात फैली दिन्छ
मैले हाँस्न खोजेँ भने फूल ओईली दिन्छ
मैले बाँच्न खोजेँ भने रात फैली दिन्छ
के गर्नु र मेरो भाग्य यस्तै छ यस्तै छ
नभनिदेऊ मेरो माया छ भनेर
मेरो कथालाई खोज्यौ भने धुलै धुलो मिल्छ
जिन्दगी यो रोज्यौ भने भुलै भुल मिल्छ
मेरो कथालाई खोज्यौ भने धुलै धुलो मिल्छ
जिन्दगी यो रोज्यौ भने भुलै भुल मिल्छ
अहिले पनि दिल मेरो दुख्दैछ दुख्दैछ
नभनिदेऊ मेरो माया छ भनेर
मेरो पनि कोही यहाँ छ भनेर
नभनिदेऊ मेरो माया छ भनेर
शब्द/संगीत/स्वरः बच्चु कैलाश