नआऊ सपनाभरि मेरो बिपना बिरानो हुन्छ
नआऊ सपनाभरि मेरो बिपना बिरानो हुन्छ
जानु नै पर्ने कहाँ पो छ र
तै पनि हिँड्नु पर्दो रहेछ
जानु नै पर्ने कहाँ पो छ र
तै पनि हिँड्नु पर्दो रहेछ
सपनाभरि तिमीसँगै हिँडेँ
बिपनामा एक्लो भएँ
नआऊ सपनाभरि मेरो बिपना बिरानो हुन्छ
नआऊ सपनाभरि मेरो बिपना बिरानो हुन्छ
कहिले यस्तै पर्दो रहेछ
जिउनु धेरै नै गाह्रो भएछ
कहिले यस्तै पर्दो रहेछ
जिउनु धेरै नै गाह्रो भएछ
छायाँसँग म घुमी हिँडेँ
आफैसँग बिरानो भएँ
नआऊ सपनाभरि मेरो बिपना बिरानो हुन्छ
नआऊ सपनाभरि मेरो बिपना बिरानो हुन्छ
नआऊ
शब्दः न्ह्यु बज्राचार्य, सुरेश स्थापित, लासिमीत राई
संगीतः न्ह्यु बज्राचार्य
स्वरः लासिमीत राई