न धन त्यागेर त्यागी हुन्छ
न जन त्यागेर त्यगी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
न जन त्यागेर त्यगी हुन्छ
सच्चा त्यागी उही हुन्छ
जो अहम त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
पूजा पाठको अर्थ हुँदैन
जबसम्म भाव निस्वार्थ हुँदैन
पूजा पाठको अर्थ हुँदैन
जबसम्म भाव निस्वार्थ हुँदैन
मनको शुद्धी मनको सरलता
मनको शुद्धी मनको सरलता
मात्र प्रभुको लागि हुन्छ
मात्र प्रभुको लागि हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
टाढा हुँदैन तीर्थ र मन्दिर
जसको छ मनमा प्रेमको तस्विर
टाढा हुँदैन तीर्थ र मन्दिर
जसको छ मनमा प्रेमको तस्विर
प्रभु प्रेमको भोको हुन्छ
प्रभु प्रेमको भोको हुन्छ
प्रेममा सधै सहभागी हुन्छ
प्रेममा सधै सहभागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
न जन त्यागेर त्यगी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
न जन त्यागेर त्यगी हुन्छ
सच्चा त्यागी उही हुन्छ
जो अहम त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
शब्दः राममान तृषित
संगीत/स्वरः भक्तराज आचार्य